Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • रुकुममा करेन्ट लागेर एक महिलाको मृत्यु, तीन जना घाइते

    रुकुममा करेन्ट लागेर एक महिलाको मृत्यु, तीन जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 414
    SHARES

    फाइल तस्विर

    रुकुम । मकै गोड्न गएको बेला करेन्ट लागेर रुकुम पश्चिममा एक महिलाको मृत्यु भएको छ।

    मुसिकोट नगरपालिका-८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हो ।



    त्यस्तै, करेन्ट लागेर तीन महिला घाइते भएका छन्।



    ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए।

    बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो। उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन्।

    उनलाई करेन्ट लागेपछि अरूले उनलाई बचाउने प्रयास गर्दा करेन्ट लागेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार