Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकीका सांसद फणीन्द्रलाई लगाइयो प्रदेशसभा बैठक प्रवेशमा रोक

    गण्डकीका सांसद फणीन्द्रलाई लगाइयो प्रदेशसभा बैठक प्रवेशमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 705
    SHARES

    पोखरा । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ ।

    सांसद देवकोटालाई मर्यादा पालकले प्रदेशसभा बैठकमा भाग लिन जान नदिई बाहिरै रोकेका हुन् ।



    पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो ।



    माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

    तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणीन्द्रको पद जोगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार