Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विपद्का फाइल खोल्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको आग्रह

    विपद्का फाइल खोल्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 381
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई गत वर्षका विपद्का फाइलहरू खोल्न आग्रह गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । सांसद खतिवडाले एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम नभएको बताए ।



    सांसद खतिवडाले भने, ‘गत वर्ष पनि विपद्का धेरै घटना भए, एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम भएको छैन । ती घरलाई व्यवस्थापन गर्न र पीडितलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्छु । गत वर्ष भएका विपद्का फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु, तपाईँ फाइल धेरै हेरिराख्नुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरू जनतालाई राहत दिने र पुनर्स्थापना गर्ने फाइलहरूमा पनि ध्यान जाओस् ।’



    सांसद खतिवडाले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरे ।

    खतिवडाले प्राकृतिक विपद्‌बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार