एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गरेका छन् ।
कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको हो ।
विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए ।
प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए ।
Leave a Reply