बोलिभिया । दक्षिण अमेरिकी मुलुक बोलिभियामा ‘कू’को प्रयास गर्ने नेता पक्राउ परेका छन् ।
राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा पूर्वसेनाप्रमुखको नेतृत्वमा सेनाले घेराउ गरेको केही घण्टापछि त्यसको नेतृत्व गरिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
हतियारसहितका गाडी र सेना समेत मुरिलो चोकमा तयारी अवस्थामा राखिएका थिए ।
जहाँ सरकारका मुख्य कार्यालयहरू छन् । त्यहाँबाट अहिले सेना फिर्ता हुन थालेको छ ।
Leave a Reply