Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा किरिया खर्च दिने भएको छ।

नगर क्षेत्रमा बसोबास गरेका कुनै पनि नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको हो।

यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिइन्।

त्यसका लागि किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ।

त्यसैगरी चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ। टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने अपेक्षा छ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077