Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 897
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

    अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर भेट्टायो ।



    उसका लागि रीजा हेन्ड्रिक्स र एडन मारक्रमले अविजितीय पारी खेल्दै टिमलाई जति दिलाए । हेन्ड्रिक्सले २९ र मारक्रमले २३ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

    यसअघि त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११ ओभर पाँच बलमा ५६ रनमा अलआउट भयो ।

    उसका लागि अजमातुल्लाह उमरजाईले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अक्षिण अफ्रिकाका लागि मार्को जेन्सेन र तबरेज शम्सीले समान ३ विकेट लिए । यस्तै कागिसो रबाडा र एन्ड्ररिच नटराजले समान दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार