Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अफगानिस्तान ५७ रनमा ‘अलआउट’

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अफगानिस्तान ५७ रनमा ‘अलआउट’

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 678
    SHARES

    काठमाडौं। आईसिसी टी-२० विश्वकपअन्तर्गत जारी खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र बनाएको हो ।



    अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।



    अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए ।

    अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो । अर्को सेमिफाइनल बिहीबार बेलुका भारत र इंग्ल्यान्डबीच हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार