Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादित, अभिव्यक्तिको निन्दा !

    अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादित, अभिव्यक्तिको निन्दा !

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 516
    SHARES

    काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला विवादित अभिव्यक्तिका कारण चर्चामा छन् ।

    कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले विवादित अभिव्यक्ति दिएपछि उनीहरुको तिव्र आलोचना भइरहेको हो ।



    अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे स्वस्तिमा र साम्राज्ञीले अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा समेत भाइरल छ । सोही अभिव्यक्तिका कारण स्वस्तिमा र साम्राज्ञीको चर्को आलोचना भइरहेको छ ।



    यसबीचमा नेपाल चलचित्र कलाकार संघले पनि उनीहरुले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । बुधबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मोहन निरौलाले कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार