एजेन्सी । हलिउड अभिनेता ब्राड पिट तेस्रो बिहेको तयारीमा जुटेका छन् ।
ब्राडले प्रेमिका इनेस डे रामोनसँग तेस्रो विवाह गर्न लागेका हुन् । उनीहरुले सँगै परिवार सुरु गर्ने कुराको चर्चा चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
पिट र इनेस डे रेमन एक वर्षभन्दा बढी समयदेखि डेटिङ गरिरहेको बताईएको छ ।
उनीहरु लिभ-इन रिलेसनसिपमा पनि बस्न थालेको दाबी गरिएको छ । अहिले ६० वर्षीय हलिउड स्टारले तेस्रो विवाह गर्ने सोचमा रहेको दाबी गरेका छन् ।
ब्राड पिटले सन् २००० मा जेनिफर एनिस्टनसँग विवाह गरेका थिए ।
सन् २००४ मा ‘मिस्टर एन्ड मिसेस स्मिथ’को सुटिङका क्रममा ब्राड एन्जेलिना जोलीसँग प्रेममा परेका थिए ।
उनले सन् २००५ मा पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए ।
Leave a Reply