Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सहकारी ठगी प्रकरण

    संसदीय समितिले माग्यो गृहमन्त्री लामिछानेको नाम जोडिएका सहकारीको कागजात

    संसदीय समितिले माग्यो गृहमन्त्री लामिछानेको नाम जोडिएका सहकारीको कागजात

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 720
    SHARES

    काठमाडौं । सहकारी ठगी प्रकरणबारे विशेष छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ।

    समितिका संयोजक सूर्य थापाले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका सहकारीको कागजात झिकाउने निर्णय भएको बताएका हुन् ।



    सहकारी छानबिन विशेष समितिले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।



    बैठकपछि बोल्दै संयोजक थापाले भने,’अनुसूची २ मा रहेका ९ वटा सहकारीसँग सम्बन्धित कागजात मगाउने निर्णय भएको छ। जसमा साधारणसभाको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदनहरूलगायत छन्।’

    उनले विभिन्न सहकारीमार्फत गोरखा मिडियामा रकम प्रवाह भएको उक्त रकमको स्थिति अध्ययनका लागि ६ वटा बुँदासहित कागजात मगाएको बताए।

    संयोजक थापाले गोरखा मिडियामा रकम अपचलन भएको विषयमा सबैको चासो रहेको र टीओआरमा पनि छुट्टै अध्ययन गर्ने उल्लेख भएकाले सोही विषयमा केन्द्रित भएको बताए।

    समितिले आइडियल यमुना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बच तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बच तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात झिकाउने निर्णय गरेको हो।

    संयोजक थापाले यसअघि समितिले सहकारी समस्याका विषयमा गठित विभिन्न ८ समितिहरूको प्रतिवेदन मगाएको र ती प्रतिवेदनहरूबारे अध्ययन अनुन्धान भइरहेको बताए।

    उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार