Online Nepal
  • बुधबार, १० पुष २०८१
  • लागूऔषध ओसारपसारमा संलग्नलाई कारबाही गर्नुपर्छ : गृहमन्त्री लामिछाने

    लागूऔषध ओसारपसारमा संलग्नलाई कारबाही गर्नुपर्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 612
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागूऔषधको अवैध ओसारपसार अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।



    उनले लागूऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए। सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको गृहमन्त्री लामिछानेको भनाई छ ।



    गृहमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।

    लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुव्र्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनःस्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको गृहमन्त्री लामिछानेले बताए ।

    उनले पुनःस्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिए।

    गृहमन्त्री लामिछानेले लागूऔषधको अवैध ओसारपसार नियन्त्रण तथा सेवनकर्तालाई समाजमा पुनःस्थापना गराउन क्रियाशील सङ्घसंस्थालाई सम्मान ब्यक्त गरे ।

    विश्वव्यापी रूपमा फैलिएको लागूऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको छ ।

    लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ मा नेपालमा करिब एक लाख ३० हजार चार सय २४ लागुऔषध प्रयोगकर्ता रहेका उल्लेख छ ।

    यीमध्ये एक लाख २१ हजार छ सय ९२ पुरुष र आठ हजार सात सय ३२ महिला छन् ।

    नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार गत जेठ मसान्तसम्ममा लागूऔषध अपराधमा पाँच हजार तीन सय ३९ जना पक्राउ तथा तीन हजार पाँच सय एक वटा लागुऔषध मुद्दा दायर भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार