Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – जंगली च्याउ नखानू

    स्वास्थ्य मन्त्रालयले भन्यो – जंगली च्याउ नखानू

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 345
    SHARES

    काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीनजनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् ।

    यो त भयो पछिल्लो एउटा उदाहरण, यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार दैनिकजसो आउँछन् । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ ।



    वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ ।



    पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार