Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

    अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 276
    SHARES

    फाइल तस्विर

    अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका–६ रानिवनका १५ वर्षीय विमल विक रहेका छन् ।



    यस्तै सोही ठाउँका झङ्कार विक घाइते भएको प्रहरीले जनाएको छ । दुवै जना कामेश्वरी माध्यमिक विद्यालय रानिवनमा कक्षा ९ मा अध्ययनरत थिए ।



    असार १६ गतेदेखि हुने त्रैमासिक परीक्षाका लागि आवश्यक किताब, कपि किन्न भनेर उनीहरू मंगलबार घरदेखि तुर्माखाद बजार जाँदै थिए ।

    वडा नम्बर ७ तोसीको नथखोलास्थित भुईँमा लछारिएको विद्युतको तारमा करेन्ट प्रवाह हुन गई उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    घाइते विकलाई उपचारका लागि जिल्ला सदरमुकाम मंगलसैन लगिएको छ भने मृतक विकको शव पनि पोष्टमार्टमका लागि लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार