Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कांग्रेस उपसभापति गुरुङले भने – मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन

    कांग्रेस उपसभापति गुरुङले भने – मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 414
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।



    उपसभापति गुरुङले भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताए।



    उपसभापति गुरुङले भने,’मैले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु ।’

    उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताए ।

    उनले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार