Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • मामाको योजनामा भान्जाको घरबाट लुटियो २ करोड, प्रहरी हवल्दार नै संलग्न

    मामाको योजनामा भान्जाको घरबाट लुटियो २ करोड, प्रहरी हवल्दार नै संलग्न

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । भक्तपुरको दधिकोटमा मामाको योजनामा भान्जाको घरबाट २ करोड लुटपाट भएको खुलेको छ ।

    लुटपाटमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो ।



    असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट २ करोड लुटपाट भएको थियो।



    पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे-२ का सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी-२ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ-३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी-२ कै कृष्णबहादुर बोहरा रहेका छन् ।

    कृष्णबहादुर बोहरा प्रहरी हवल्दार सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा कार्यरत रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चारै जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सीबीआई हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार भएका थिए ।

    अपरिचित व्यक्‍तिहरू घरमा आएर आफूहरू सिबिआईको प्रहरी हौं भनेर चिनाए। उनीहरूमध्ये एक जनाले नेपाल प्रहरीकै हवल्दार पदको कार्ड समेत देखाएका थिए।

    डिल्लीबहादुरका मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी पाएपछि खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    डिल्लीराजको मामाले लुटको योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनका मामा कुलबहादुर खत्री फरार छन् ।

    लुटेपछि उनीहरू गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित कोठामा पुगेका थिए। त्यहाँ पाँच जनाले दुई करोड रकम बाँडफाँट गरेका थिए।

    प्रहरी हवल्दार बोहोराले ३० लाख, अन्य तीन जनाले २०/२० लाख र योजनाकार कुलबहादुरले बाँकी रकम लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    यद्यपि यसबारे थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरीले जनाएको छ। हाल प्रहरीले उनीहरूबाट ३६ लाख ३६ हजार रुपैयाँमात्रै बरामद गरेको छ।

    यस्तै, दुई वटा मोटरसाइकल, १० वटा मोबाइल, लुट्न प्रयोग गरिएको झोला, कपडा, खुकुरी लगायत बरामद गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार