Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ अंकले नेप्से बढ्दा ४ अर्ब १८करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.६० अंकले बढेको छ ।

मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २०७१.७७ बिन्दुमा पुगेको हो ।

यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिनसम्म उच्च दरले बढेको फाइनान्स समूह सूचक आज भने २.१५ प्रतिशत (५४ अंक) घट्यो ।

त्यस्तै बैंकिङ ५, निर्जीवन बीमा २३, अन्य ०.२ र व्यापार समूह ५ अंक घटे ।

माइक्रोफाइनान्स १५, उत्पादन २५, जीवन बीमा ५५, हाइड्रोपावर ३०, होटल तथा पर्यटन ५८ र विकास बैंक समूह १३ अंक बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077