Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भक्तपुरबाट २ करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

    भक्तपुरबाट २ करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । भक्तपुरमा भएको लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे २ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र ३८ वर्षीय कृष्णबहादुर बोहोरा रहेका छन् ।



    कृष्णबहादुर महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत रहेको प्रहरीको अनसन्धानबाट खुलेको छ ।

    उनीहरुले भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेका थिए ।

    उनीहरुले गत असार ४ गते भक्तपुर सूर्यविनायक ४ दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट दुई करोड नेपाली रकम लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामासमेत रहेको प्रहरीले जनाएको छ ।

    डिल्लीले मानिसहरुलाई विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार