Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नेपाल–भारतको समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    नेपाल–भारतको समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 288
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्।

    परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणमा जाँदा ईपीजी प्रतिवेदनको विषयलाई गम्भीर रुपमा उठाएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘ईपीजी प्रतिवेदनबारे भारत भ्रमणमा जाँदा गम्भीर रुपले उठाएको कुरा सम्मानित सदनलाई राखेको छु । हाम्रो कोशिस सरकारको अझै पनि समझदारीबाट यो प्रतिवेदन बुझ्नेतिर नै पहल भइरहेको जानकारी गराउँछु।’

    प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे।

    नेपाल भारत सम्बन्धका विभिन्न विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न दुई देशको समझदारीमा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो ।

    ईपीजीले प्रतिवेदन तयार पारेको ५ वर्ष पूरा भइसकेको छ, तर सार्वजनिक भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार