Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

    नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 210
    SHARES

    काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु भएको छ।

    १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुनेछ ।



    बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्।



    परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन , कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।

    सोमबार काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।

    मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार