Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • पेस्तोलसहित एकजना पक्राउ

    पेस्तोलसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 531
    SHARES

    सर्लाही । सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन् ।



    इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो ।



    मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

    मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    मोक्तानलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार