Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • १४ वर्षपछि पक्राउ परे कारागारबाट सुरुङ खनेर भागेका मिया अन्सारी

    १४ वर्षपछि पक्राउ परे कारागारबाट सुरुङ खनेर भागेका मिया अन्सारी

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 834
    SHARES

    कपिलवस्तु । जिल्ला कारागार कपिलवस्तुबाट सुरुङ खनेर फरार भएका एक कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।

    प्रहरीले भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरेको हो ।



    २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदी सुरुङ खनेर भागेका थिए।



    पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ। उनलाई प्रहरीले कपिलवस्तु कारागार बुझाएको छ।

    प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूको कैद अवधि १ सय ४७ वर्ष १० महिना बाँकी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार