Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जीतपुरसिमरा उपमहानगरको नगरसभा बैठकमा झडप

    जीतपुरसिमरा उपमहानगरको नगरसभा बैठकमा झडप

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 282
    SHARES

    बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा बैठकमै झडप भएको छ ।

    नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा वडाध्यक्षहरुले अवरोध गरेपछि झडप भएको हो ।



    बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको थियो ।



    यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगरसभा बहिष्कार गर्दै आएका थिए ।

    नगरसभामा सहभागी हुन मेयर पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए ।

    उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् । नगर सभाका झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार