Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजदूत छान्न राष्ट्रिय स्वतन्त्र पार्टीले बनायो मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई राजदूत छान्न ६ मापदण्ड बनाएको छ।

सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोबिता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो।

मापदण्ड तय गरी पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।

पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू , तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ।

नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ।

त्यस्तै रास्वपाले अन्य योग्यता पनि निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077