काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ को खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।
सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो।
उसका लागि रोस्टन चेसले ५२ रन बनाए। यस्तै, कायल मेयर्सले ३५ र आन्द्रे रसेलले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीेले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै, कासिगो रबाडा, कप्तान एडन मार्कम, एनरिक नोर्टजे र केशव महाराजले एक–एक विकेट लिए।
सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिका र वेस्ट इण्डिज आजको खेल जित्नैपर्ने दबाबमा छन्।
Leave a Reply