एजेन्सी । रुसको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा आक्रमण गरेको छ ।
सो आक्रमणमा एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारण गरी ९ जना मारिएका छन् ।
आक्रमणमा १२ घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। हताहत हुनेको संख्याबारे फरक फरक तथ्यांक सार्वजनिक भएका छन्।
रुसको नेसनल एन्टी टेरोरिज्म कमिटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।
Leave a Reply