Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच वर्ष कैद सजाय तोकिएका सालकको आखेटोपहार कारोबारी ११ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार ओसारपसार मुद्दाका दोषीलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गोकर्णेश्वरबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ स्थायी ठेगाना भई हाल गोकर्णेश्वर बस्ने ४४ वर्षीय टासी तामाङलाई पक्राउ गरेको हो ।

सिआइबीका अनुसार तामाङ २०७० सालमा गौरीशङ्कर संरक्षण क्षेत्रबाट सालकको आखेटोपहार ओसारपसार कसुरमा दोषी ठहरीएका थिए ।

२०७० मंसिर ८ गते गौरीशङ्कर संरक्षण क्षेत्रले उनलाई ५ वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना गरेको थियो। त्यसयता उनी फरार अवस्थामा रहेका थिए ।

पक्राउपछि तामाङलाई सजाय भुक्तानीका लागि गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय दोलखा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077