Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका चारजना बिरामी

    जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका चारजना बिरामी

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 603
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका-७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो ।

    जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो ।



    बलबहादुरले जंगलबाट ल्याएको च्याउ पकाएर खाएकाहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा बलबहादुरको ४५ वर्षीया श्रीमती जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र ८ वर्षीया छोरी सविना तथा १० वर्षका छोरा सुशील बिरामी परेका छन् ।

    उनीहरुको चितवनमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार