Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विश्वकपमा अस्ट्रेलियाका प्याट कमिन्सको कीर्तिमानी ‘ह्याट्रिक’

    विश्वकपमा अस्ट्रेलियाका प्याट कमिन्सको कीर्तिमानी ‘ह्याट्रिक’

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले लगातार ह्याट्रिक विकेट लिएका छन् ।

    आइतबार बिहान सुपर आठअन्तर्गत अफगानिस्तानविरुद्ध जारी खेलमा उनले ह्याट्रिक विकेट लिएका हुन् ।



    योसँगै कमिन्स टी-२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बने । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए ।

    सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।

    त्यसपछि २०औं ओभरमा उनले पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार