Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु

    महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 489
    SHARES

    बैतडी । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

    पौडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो।



    यस्तै अर्की बालिका बेपत्ता भएकी छन्। उनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



    उनीहरू सोही ठाउँको कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान पौडी खेल्ने क्रममा डुबेका थिए।

    घटनापछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा रजनी मृत फेला परेकी थिइन्। बेपत्ता अर्की बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार