Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - देशमा धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्यो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा धेरै राजनीतिक दल हुँदा अस्थिरता बढेको बताएका छन् ।

दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताए।

महासचिव पोखरेलले भने,‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ । जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ । नयाँ दलबाट केही हुँदैन । पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’

उनले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताए ।

नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्दै महासचिव पोखरेलले पुरानै दलमा सुधार खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077