Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सत्ता गठबन्धनको विकल्पबारे सोचिएको छैन : सञ्चारमन्त्री शर्मा

    सत्ता गठबन्धनको विकल्पबारे सोचिएको छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 471
    SHARES

    धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन् ।

    प्रेस सेन्टर कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन् ।



    बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको सञ्चारमन्त्री शर्माले बताइन् ।

    उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको बताईन् ।

    विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा माओवादी केन्द्रको सोच रहेको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार