Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एकीकृत समाजवादीको महाधिवेशनका लागि १ हजार ८०० प्रतिनिधि छनोट

    एकीकृत समाजवादीको महाधिवेशनका लागि १ हजार ८०० प्रतिनिधि छनोट

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 321
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।

    असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको हो ।



    महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।



    अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएका छन् । केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

    महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

    यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो ।

    छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ ।

    केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार