Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

    शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 372
    SHARES

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’नै रहेको बताएका छन्।

    काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढिराखेको बताए ।



    परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’

    उनले स्वर्गीय पद्यमरत्न तुलाधर एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे ।

    तुलाधारले उत्पीडित भाषा र सांस्कृतिक पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङ्कुशताका विरुद्ध पनि सङ्घर्ष झेलेको बताए ।

    उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उनले देखेका सपनाहरू पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार