Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • केजरीवालको जमानतमा उच्च अदालतले लगायो रोक

    केजरीवालको जमानतमा उच्च अदालतले लगायो रोक

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 588
    SHARES

    एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि दिल्लीस्थित उच्च अदालतले रोक लगाएको छ ।

    उच्च अदालतले प्रवर्तन निर्देशनालय (ईडी) को याचिकामा दुईदेखि तीन दिनमा आदेश सुनाउने बताएको छ ।



    इडीले दिल्ली अन्तःशुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्यमन्त्री केजरीवाललाई जमानत दिने अदालतको आदेशलाई चुनौती दिएको हो।



    ईडीले केजरीवाललाई नियमित जमानत दिने आदेशमा आफूलाई सुनुवाइको पर्याप्त अवसर नदिई र हालको मुद्दाको तथ्यलाई ध्यान नदिई आदेश दिएको बताएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ईडीले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार