Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पूर्वडीएसपी शर्मा : जसले आरोपी पक्राउ नपर्दै डिल थालेका थिए

    पूर्वडीएसपी शर्मा : जसले आरोपी पक्राउ नपर्दै डिल थालेका थिए

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 4.5K
    SHARES

    काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्वडीएसपी केपी शर्मा (कृष्णप्रसाद शर्मा) ले मोबाइल वालेट कम्पनीद्वय पेवेल नेपाल र सजिलोपेको मुद्दा मिलाउने भन्दै पैसा लिएको खुलेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ती दुई कम्पनीमाथि छानबिन थालेपछि शर्माले पक्राउ नगर्ने वातावरण मिलाइदिने भन्दै डिल गरेका थिए । एक करोडको डिल गरेको र साढे आठ लाख लिइसकेको खुलेको छ ।



    सिआइबीले ती दुई कम्पनीका सञ्चालकलाई पक्राउ गरेपछि शर्माको धन्दा खुलेको हो । सिआइबीले शुक्रबार शर्मासहित झबिन्द्र खत्रीलाई समेत पक्राउ गरेको छ ।



    ६० किलो सुन तस्करीको भुक्तानीमा जोडिएका पेवेल र सजिलोपेका सञ्चालकलाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु पक्राउ पर्नुअघि नै थाहा पाएर पूर्वडीएसपी शर्माले सेटिङ मिलाइदिने आवश्वासन दिएका थिए ।

    त्यसका लागि उनले सिआइबीले नेपाल राष्ट्र बैंकलाई लेखेको पत्र समेत देखाएका थिए । सिआइबीका एआइजी लगायतको नाममा उनले पैसा डिल गरेको खुलेको छ ।

    जून सूचना पाएपछि सिआइबीका एआइजी श्यामलाल ज्ञवालीले उनीहरुलाई पक्राउ गरी आपराधिक विश्वासघातसम्बन्धि कसुरमा अनुसन्धान अघि बढाएका छन् । उनीहरुले सुरुमै पत्र पाउनुले भने यसमा केही प्रहरी समेत मिलेको हुनसक्ने आशंका गरिएको छ ।

    पूर्वडीएसपी शर्मा प्रहरीमा रहँदा पनि भ्रष्ट छवी भएका अधिकृत हुन् । उनले प्रहरीमा रहँदा करोडौं सम्पत्ति जोडेको बताइन्छ । अवकाशपछि पनि उनले यस्तै धन्दा गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार