Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो

    भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 570
    SHARES

    फाइल तस्विर

    नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।



    मङ्गलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।



    भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार