Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • पर्सा राष्ट्रिय निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप

    पर्सा राष्ट्रिय निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 762
    SHARES

    बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र सिकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

    आज निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको गस्ती टोली र सिकारीबीच झडप भएको हो ।



    दोहोरो झडपमा एक जना सिकारीको मृत्यु भएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो ।



    सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर-१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

    दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराले जनाएको छ ।

    सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार