Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गृहमन्त्री लामिछानेविरद्धको रिट हेर्दाहेर्दैमा

    गृहमन्त्री लामिछानेविरद्धको रिट हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 699
    SHARES

    काठमाडौं। गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट हेर्दाहेर्दैमा राखिएको छ।

    सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट हेर्दाहेर्दैमा राखिएको हो।



    न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाइ भएको थियो।



    रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ। यसअघि असार ४ गते रिट ‘हेर्न नमिल्ने’ मा राखिएको थियो।

    सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको थियो।

    गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्।

    यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्ध परेका मिसिल कागज झिकाउन आदेश दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार