Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 363
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेभित्रको समस्या समाधान गरिदिने गरी काम गरिरहेको बताएका छन् ।

    नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दललाई आफूले संयोजन गरिराखेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरूले हेर्दा मलाई कहिले यता कहिले उता पनि भन्छन्, तर मैले पार्टी आन्दोलन र देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरूसँग सदनभित्र र बाहिर भएकाहरूलाई पनि संयोजन गरिराखेको छु । कहिलेकाहीँ मलाई लाग्छ, नेपाली कांग्रेस र एमालेलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्‍यो जस्तो गरी काम गर्नु परिराखेको छ । मैले गरिराखेको पनि छु ।’

    पार्टी विभाजनहरूको अप्ठेरा परिस्थितिहरू झेलेर फेरि पार्टी एकताको नयाँ प्रक्रिया हुँदै अझ एउटा बृहत एकतातिर गएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    उनले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको बीचमा अन्तिम टुंगो लगाउने कुराकानी भइरहेको बताए ।

    देशमा समाजवादसहित सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरू गर्न सकिने दृढताका साथ हिँडेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता कार्यकर्ताहरूलाई गुटभन्दा पनि पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार