Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रास्वपाको उद्देश्य र गन्तव्य स्पष्ट छ, हामी भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं : रवि लामिछाने

    रास्वपाको उद्देश्य र गन्तव्य स्पष्ट छ, हामी भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं : रवि लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 384
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टी उद्देश्य र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।

    दोस्रो स्थापना दिवसको अवसरमा सामाजिक संञ्जालमा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताए। रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको गृहमन्त्री लामिछानेको भनाई छ ।



    गृहमन्त्री लामिछानेले भनेका छन्, ‘गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं । कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

    उनले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै यो यात्रा सम्पन्न गर्ने विश्वास व्यक्त गरे । विश्वास गर्ने एक दुई जना मात्र हुँदा पनि हिँड्ने आँट गरेको गृहमन्त्री लामिछानेले स्मरण गरे।

    आज पार्टीसँग लाखौंलाख शुभेच्छुकहरू रहेको पनि बताएका छन्।

    देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई घण्टीमा रुपान्तरण गरेर २ वर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको उल्लेख गरे ।

    उनले घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि बसेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार