Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्को गर्मीका कारण भारतमा ३०० भन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणामा सबै भन्दा बढीको मृत्यु भएको छ । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।

चिकित्सकहरुले अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् ।

अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।

भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।

यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

१९ जुनको राति आँधीपछि परेको पानीका कारण गर्मीमा थोरै राहत मिलेको थियो । तर हिट स्ट्रोकका कारण बिरामी परेकाहरु अहिले पनि अस्पतालमा उपचाररत छन् । अस्पतालहरुमा शय्या अभाव भएपछि भुइँमै राखेर पनि उपचार गराउनु परेको छ ।

बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए ।

गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । मृत्युको बढ्दो संख्याका कारण चिहान घाट, शवदाहगृह र पोष्टमार्टममा समेत पालो कुर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077