Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बजेटमा पदको दुरुपयोग गरिएको छैन : गृहमन्त्री लामिछाने

    बजेटमा पदको दुरुपयोग गरिएको छैन : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 507
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

    बिहीबार संसद भवन परिसरमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे।



    गृहमन्त्री लामिछानेले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकता अनुसार विभिन्न ठाउँमा आएको प्राथमिकता अनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकता अनुसार सकेको गरिएको छ ।’

    उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकता अनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।

    गृहमन्त्री लामिछानेले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार