Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यो वर्ष रासायनिक मलको अभाव नहुने कृषिमन्त्री साहको दाबी

    यो वर्ष रासायनिक मलको अभाव नहुने कृषिमन्त्री साहको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 429
    SHARES

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यो वर्ष रासायनिक मलको अभाव नहुने बताएकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् । कृषिमन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताइन् ।



    कृषिमन्त्री साहले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताइन् ।



    उनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।

    कृषिमन्त्री साहले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने दाबी गरिन्।

    कृषिमन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आहृवान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार