काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकपमा फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताएका छन्।
विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।
उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए ।
उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैं खुला रहेको बताए।
कप्तान पौडेलले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।
Leave a Reply