Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको हो।  कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

यसदिन ३०६ स्टकको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो।

बुधबार २.२७ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४० करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७.७१ प्रतिशतले बढ्यो।

यसैगरी बराही हाइड्रोपावरको सेयर ६.६३ प्रतिशत,सनराइज ब्लूचीप फण्डको ५.९३,गुडविल फाइनान्सको ५.४६ र ग्रीन भेन्चरको ५.०९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077