Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विश्वकपबारे कप्तान पौडेलले भने – भन्नेबित्तिकै नतिजा आउँदैन, त्यसका लागि कुर्नुपर्छ

    विश्वकपबारे कप्तान पौडेलले भने – भन्नेबित्तिकै नतिजा आउँदैन, त्यसका लागि कुर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 603
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नेबित्तिकै नतिजा नआउने बताएका छन् ।

    टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि आज कप्तान पौडेलले यस्तो बताएका हुन् ।



    उनले नेपालले गरेको प्रदर्शन स्वाभाविक रहेको बताए । उनले ठूला प्रतियोगितामा भन्नेबित्तिकै नतिजा नआउने भएकाले त्यसका लागि अझै कुर्नुपर्ने बताए ।



    कप्तान पौडेलले अफगानिस्तानको उदाहरण दिँदै उसलाई पनि ठूला टोलीलाई जित्न दशौँ वर्ष लागेको बताए।

    आगामी दिनमा नेपालले पनि राम्रो गर्ने विश्वास व्यक्त गर्दै कप्तान पौडेलले त्यसका लागि धैर्यता भने आवश्यक रहेको बताए ।

    तीन खेल खेलेको नेपाल सबैमा पराजित भएको थियो । बलिया टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशसँग उत्कृष्ट बलिङ हुनका बाबजुद ब्याटिङ नचल्दा हारेको थियो ।

    दक्षिण अफ्रिकासँग मात्र एक रनले हारेको थियो । यसबारे कप्तान पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार