Online Nepal
  • आइतबार, २० असोज २०८१
  • राजदूतको नियुक्तिलाई मर्यादित बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    राजदूतको नियुक्तिलाई मर्यादित बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 393
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतको नियुक्तिलाई थप व्यवस्थित बनाइने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्रीले प्रचण्डले राजदूतको नियुक्तिलाई मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताए।



    प्रधानमन्त्रीले प्रचण्डले भने, ‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ ।’

    प्रधानमन्त्रीले प्रचण्डले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राजदूतहरूको नियुक्ति हुने बताए ।

    उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्यांकन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार