Online Nepal
  • आइतबार, २० असोज २०८१
  • टीकापुर घटनाका दोषीहरुलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    टीकापुर घटनाका दोषीहरुलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 516
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद तेजुलाल चौधरी सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ।’

    कैद माफी मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले बताए।

    आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार