Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 387
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपयुक्त समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बताएका छन्।

    प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मैले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु । उपयुक्त समयमा मोदीजी नेपाल भ्रमणमा आउनुहुन्छ ।भ्रमणमा विषयमा भएका गतिविधि दूतावासमार्फत् सार्वजनिक जानकारी गराइएको छ ।’



    तेस्रोपटक भारतको प्रधानमन्त्री भएका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड जेठ २७ गते भारत भ्रमणमा गएका थिए ।

    भारतीय प्रधानमन्त्री मोदीको लिखित आमन्त्रणमा आफू भारत भ्रमणमा गएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    भारत भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका खेलेको उनले बताए ।

    भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार